Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

काठमाडौँमा ४० प्रतिशतले लगाए पूर्ण खोप



जनस्वास्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन । शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत र पूर्ण खोप लगाउनेको संख्या ४० प्रतिशत पुगेको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काका अनुसार पूर्ण खोप लगाउनेको जनसङ्ख्या शुक्रबार बेलुकासम्म नौ लाख १४ हजार ४८५ जना पुगेको छ भने पहिलो मात्रा लगाउनेको जनसङ्ख्या ११ लाख सात हजार ९८० जना रहेको छ ।

उहाँले शङ्करापुर नगरपालिका र दक्षिणकालीमा पहिलो डोज शतप्रतिशत खोप दिन सकेको बताउँदै शङ्करापुर र दक्षिणकाली नगरपालिकामा १८ वर्षमाथिका सबै नागरिकले पहिलो डोज खोप लगाइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्