Logo
|
Tuesday 16th April 2024
Logo

epaper

औषधि व्यवसायीद्धारा महानिर्देशक ढकाललाई बधाई र शुभकामना



जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागका नवनियुक्त महानिर्देशक नारायण ढकाललाई बधाई र शुभकामना दिइएको छ ।
नेपाल औषधि व्यवसायिक संघ (एनसीडीए) ले औषधि व्यवस्था विभागका नवनियुक्त महानिर्देशक ढकाललाई सफल एवं सार्थक कार्यकालका लागि बधाई र शुभकामना दिएको हो ।
संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठको नेतृत्वमा महानिर्देशक ढकालको कार्यकक्षमा पुगेर बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

This image has an empty alt attribute; its file name is ncda1-768x432.jpg


समारोहमा केन्द्रीय महासचिव रामचन्द्र शर्मा, केन्द्रीय कोषाध्यक्ष सम्राट मान जोशी, केन्द्रीय कार्यसमिति सदस्य मुकुन्द कृष्ण श्रेष्ठ र प्रशान्त मानन्धर लगायतको उपस्थिति रहेको थियो ।


केहिदिन अघि मन्त्रिपरिषद्ले ढकाललाई विभागको महानिर्देशकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्