
जनस्वास्थ्य सरोकार । इङ्गल्यान्डमा कोभिड महामारीका कारण यौन रोगमा एक तिहाइले कमी आएको तथ्याङ्कले देखाएको छ।
महामारीका कारण मानिसहरूको यौन व्यवहारमा आएको परिवर्तनका साथै मानिसहरूले कम परीक्षण गरेका कारण यो कमी आएको विज्ञहरूले बताएका छन्।
निषेधाज्ञाका प्रावधानहरू कम भएपछि मानिसहरूलाई सामाजिक दूरीलाई यौन रोगसँग नसाट्न चेतावनी दिइएको छ भने जोखिमपूर्ण यौन सम्पर्कपछि परीक्षण गर्न सुझाव दिइएको छ।
यौन रोगहरू लक्षणविहीन हुनसक्ने र कन्डमको प्रयोगले सङ्क्रमण कम गर्न सकिने बताइएको छ।
इङ्गल्यान्डमा सन् २०२० मा तीन लाख १८ हजार यौन रोग सङ्क्रमणहरू भेटिएको थियो। सन् २०१९ मा यो सङ्ख्या चार लाख ६७ हजार थियो।
पब्लिक हेल्थ इङ्गल्यान्डका अनुसार निरीक्षण गरेर पत्ता लगाउनु पर्ने यौन रोगमा सबैभन्दा धेरै कमी आएको हो। तर आफै परीक्षण गर्न सकिने यौन रोगमा पनि कमी देखिएको छ।
तर सन् २०१९ को तुलनामा सन् २०२० मा यौन रोगसम्बन्धी परामर्श सेवा लिने १० प्रतिशतले र चिकित्सकसँग भेटेर परामर्श लिनेको सङ्ख्या ३५ प्रतिशतले घटेका छन्।
हालैका वर्षहरूमा १५ देखि २४ वर्ष उमेर समूहका, अश्वेत र समलिङ्गी पुरुषहरूमा यौन रोग बढी देखिएको पब्लिक हेल्थ इङ्गल्यान्डको तथ्याङ्कले देखाउँछ।
टेरेन्स हिगिन्स ट्रस्टकी डेबी लेककले यो राम्रो समाचार भए पनि फेरि यौन रोग बढ्न सक्ने बताइन्। "यौन रोगहरू अझै फैलिरहेकै छन्," उनले भनिन्।
"यसको अर्थ नियमित परीक्षण र सबैले यौन रोग परामर्श सेवा खुला छ भनेर थाहा पाउनु अझै महत्त्वपूर्ण छ।"
पब्लिक हेल्थ इङ्गल्यान्डका यौन रोग विभाग प्रमुख डा. क्याटी सिन्का भन्छिन्: "नयाँ व्यक्तिसँग यौन सम्पर्क गरिरहनु भएको छ भने कन्डम प्रयोग गर्नुहोस् र परीक्षण गर्नुहोस्। यौन रोगले तपाईँ र तपाईँको अहिलेको वा भविष्यको यौन साथीको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।" बीबीसी
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
