Logo
|
Friday 19th April 2024
Logo

epaper

बाँकेमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, नेपालगन्ज । बाँकेका प्रयोगशालामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज ७ जना डिस्चार्ज भएका छन् ।

यहाँका तीन वटा प्रयोगशालामा गरिएको १ सय १६ नमुना परीक्षणमा बाँकेका १० जनासहित १५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा १० जना, मेडिकलमा कलेज कोहलपुरमा ३ जना र बागेश्वरी ल्याबमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

हालसम्म बाँकेमा १८ हजार ७९ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ६ सय ७९ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ३० जनाको मृत्यु भएको छ ।

जिल्लामा १०० जना सक्रिय संक्रमित रहँदा २९ जना अस्पताल र आइसोलेसनमा छन् भने ९२ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्