Logo
|
Thursday 28th March 2024
Logo

epaper

खोप, अक्सिजन ग्याँस र स्यानिटरी प्याड उद्योगलाई करमा शत्प्रतिशत छुट

शिक्षकहरुलाई छुट्टै अस्पतालका लागि अध्ययन गरिने



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले स्वास्थ्य खोप, अक्सिजन ग्याँस तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरु भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शत्प्रतिशत छुट दिएको छ । त्यसैगरी सरकारले त्यसपछिको दुई वर्षसम्म पचास प्रतिशत छुट दिने दिने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थसम्बन्धि अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले सो जानकारी गराउनुभएको हो ।


यसैगरी सो विधेयकमा शिक्षकहरुको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्