Logo
|
Friday 19th April 2024
Logo

epaper

मेचि महाकाली लियो क्लव अफ निर्जलाको स्थापना

अन्जिला श्रेष्ठ अन्तर्गतको ४ वटा क्लव लायन्स र लियोको इन्यागुरेसन



जनस्वास्थ्य सरोकार, काठमाडौं । क्लस्टर ३० श्रीकृष्ण मानन्धर अन्तर्गतको रिजन ६१ र ६२ मनु कार्की र सन्तोष सराफ अन्तर्गतको जोन १२३ अन्जिला श्रेष्ठ अन्तर्गतको ४ वटा क्लव लायन्स र लियोको इन्यागुरेसन गरिएको छ ।
लाइन्स क्लव डिस्ट्रिक ३२५ बी वनले ज्वाइन्ट इन्स्टलेसन सेरोमनी अर्गनाइज गरेको हो ।
लायन्स क्लव अफ काठमाडौं निर्जलाको स्पोन्सरमा लाइन्स क्लव अफ काठमाडौं मेचि महाकाली लियो क्लव अफ निर्जलाको स्थापना गरिएको छ ।


सो अवसरमा डिस्ट्रिट गभर्नर विश्वेश्वर आचार्यले लायन्सको व्याच लगाई नवनियुक्त लायन पदाधिकारीहरुलाई स्वागत तथा कामको जिम्मेवारी दिनुभएको थियो ।

सो इन्स्टलेसन सिरोमनीमा निर्जलाकी अध्यक्ष गायत्री जोशीको तर्फबाट ३५ हजार, जोन १२३ का जोन चेयरपर्सन अञ्जिला श्रेष्ठ र डिस्ट्रिक क्वब निर्जलाको तर्फबाट १ लाख रुपियाँ डिस्ट्रिकलाई सहयोग गरिएको थियो ।


कार्यक्रममा एलसिके निर्जला, गोँगबु, भानुभक्त, होलिल्यान्ड जोन १२३ अन्तर्गत परेका क्लवबका लिडरहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्