Logo
|
Wednesday 24th April 2024
Logo

epaper

यस्ता छन् अनार खानुका १० चमत्कारीक फाइदा



जनस्वास्थ्य सरोकार। अनार सेवनले बढ्दो उमेरसंगै देखिने समस्या कम गर्छ र जवान रहन मद्दत गर्च। यो फाइबर, भिटामिन सी र एन्डिअक्सिडेन्टको राम्रो स्रोत हो, जसले कमजोरी हुन दिदैन र मुटुसम्बन्धि समस्याबाट पनि बचाउँछ।

  • अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ ।
  • अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
  • अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
  • अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले रक्त अल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ ।
  • अनारको नियमित सेवन गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।
  • अनारको नियमित सेवनले छाला चम्किलो बनाउन मद्दत गर्छ ।
  • अनारको नियमित सेवन गर्ने व्यक्तिलाई दाँतसम्बन्धी समस्या बाट छुटकारा मिल्छ ।
  • गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।
  • बुढ्यौलीमा बिर्सिने समस्या भएका ब्यक्तिहरुले अनारको सेवन गर्नाले फाइदाजनक हुन्छ ।
  • अनारको नियमित सेवनले यौनशक्ति बढाउन मद्दत गर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्