Logo
|
Friday 29th March 2024
Logo

epaper

१४८६ जनामा कोरोना पुष्टि, १२६० निको, १६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२६० रहेको छ र संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा छन् ।

२४ घण्टामा ९१ हजार आठ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा ५८ लाख ३३ हजार ३८ जनाले पहिलो मात्रा र ५१ लाख ९८ हजार एक सय ९३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्