Logo
|
Thursday 21st October 2021
E-paper Magazine

नेपालमा थप १,५११ जनामा कोरोना संक्रमण, १६८९ निको, ११ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । सोहि अवधिमा १ हजार ६८९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्