Logo
|
Friday 19th April 2024
Logo

epaper

जेष्ठ नागरिकको स्वास्थ्य सम्मेलन काठमाडौँमा सुरु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । जेष्ठ नागरिकको स्वास्थ्य सम्बन्धि सम्मेलन आजबाट काठमाडौँमा सुरु भएको छ । विश्व स्वास्थ्य संगठन नेपालले आयोजना गरेको उक्त सम्मेलन असोज ५ गते सम्म चल्ने छ ।

सो सम्मेलनमा बृद्धबृद्धाको स्वास्थ्यअवस्थाबारे छलफल हुने भएको छ । जेष्ठ नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउन सम्मेलन आयोजना गरिएको डब्लुएचओ नेपालले जनाएको छ।


त्यस्तै, स्वास्थ्यमा नीति निर्माताहरुको संलग्नता गराउने, पुनर्वास र वृद्धहरुको सामाजिक हेरचाह आवश्यकतामा नीति निर्माताहरुको संलग्नता गराउने, शहरहरुमा बढ्दो आर्थिक अवसरहरुको सन्दर्भमा परिवारबीच वृद्दवृद्दाहरुको भूमिका कसरी परिवर्तन भएको छ भन्नेबारे र यससंग सम्बन्धित अन्तर र चुनौतिहरुको पहिचान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्