जनस्वास्थ्य सरोकार, टोक्यो । जापानमा आगामी बर्ष सन् २०२२ को सुरुदेखि कोरोनाभाइरस विरुद्धको थप मात्रा खोप दिइने भएको छ । जापानका खोप मन्त्री तारो कोनोले मंगलबार दिएको जानकारीअनुसार कोरोनाभाइरसबाट थप सुरक्षाका लागि थप मात्राको खोप लगाउने तयारी भएको हो ।

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले थप मात्राको खोप लगाउने बारेमा अघिल्लो हप्ता नै निर्णय गरेको उहाँले बताउनुभयो । दोस्रो खोप लगाएको आठ महिनापछि थप मात्राको रुपमा तेस्रो खोप लगाउन सकिने व्यवस्था गरिने भएको हो । थप मात्राको खोप लगाएपछि शरिरमा एन्टी वडीको मात्रा पनि बढ्ने चिकित्सकहरुले बताएका छन् ।
थप मात्राको खोप आगामी सन् २०२२ को फेब्रुअरीदेखि लगाउन थालिने र सुरुमा स्वास्थ्यकर्मीहरुलाई लगाइने पनि उनले बताए ।त्यसैगरी ६५ बर्षभन्दा बढी उमेरका बृद्ध बृद्धाहरुलाई पनि थप खोपका लागि उच्च प्राथमिकताको सूचीमा राखिने भएको छ ।
आगामी बर्षभरीमा सवै स्वास्थ्यकर्मीहरुले थप मात्राको खोप लगाउन पाइसक्ने मन्त्री कोनोले पत्रकार सम्मेलनमा विश्वास व्यक्त गर्नुभयो । उहाँले थप मात्राको खोप अर्को बर्ष उपलब्ध गराउनका लागि अहिलेदेखि नै आवश्यक तयारी गर्न निर्देशन समेत दिनुभयो । सिन्ह्वा
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
