पछिल्लो २४ घण्टामा १,२३९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १,२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाबाट ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १,३२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५६ हजार ९५४ पुगेको छ । त्यस्तै, सोही अवधिमा १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ७२ जनाको निधन भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७४३ जना रहेका छन् ।