जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाबाट १० हजार ५७५ पीसीआर परीक्षणमा ११०३ र ५ हजार ११५ एन्टिजेन परीक्षणमा ३७३ जना गरी १,४७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा थप ३६४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २५६ , ललितपुरका ७३ र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १,५५० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ । त्यस्तै, सोही अवधिमा ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ८१ जनाको निधन भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ जना रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
