Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

देशभर ८३४ जनामा संक्रमण, १२७९ निको, ९ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाबाट ८ हजार ५८९ पीसीआर परीक्षणमा ७३० र ५ हजार १४७ एन्टिजेन परीक्षणमा १०४ जना गरी ८३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १,२७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ । त्यस्तै, सोही अवधिमा ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ९६ जनाको निधन भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्