Logo
|
Thursday 21st October 2021
E-paper Magazine

बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा डा.सगुन जोशी



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरभित्र रहेको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा वरिष्ठ नेत्र विशेषज्ञ डा सगुन जोशी नियुक्त हुनुभएको छ । त्रिवि कार्यकारी परिषद्ले चार वर्षका लागि डा. जोशीलाई आजबाट लागुहुने गरी नियुक्त गरेको हो । यसअघि केन्द्रको कार्यकारी निर्देशक डा. आनन्दकुमार शर्मा हुनुहुन्थ्यो । उहाँको कार्यकाल सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्