Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर १,०७८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । त्यस्तै सोही अवधिमा ९११ जना निको भएका छन् ।
मुलुकमा अहिले १८ हजार १ सय ६८ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्