जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार १७४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सोहि अवधिमा १ हजार जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ७० हजार २२४ जना संक्रमणमुक्त भइसकेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ जना रहेका छन् । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५१ जना आईसीयू र ११८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
