Logo
|
Friday 19th April 2024
Logo

epaper

केमसानको १७ औं स्थापना दिवसमा ह्याम्सका अध्यक्ष भण्डारी सम्मानित



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा बार्षिक करिब २५ अर्ब भन्दा बढी स्वास्थ्य सामाग्रीहरुको कारोबार गर्ने मुलुकभर छरिएर रहेका ६ सय भन्दा बढी सदस्य रहेको केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) को १७ औं स्थापना दिवसका अवसरमा ह्याम्स हस्पिटलका अध्यक्ष रामशरण भण्डारी (आर.एस.) सम्मानित हुनुभएको छ ।

स्वास्थ्य क्षेत्रका सफल युवा व्यवसायी भण्डारी नेपाल सरकारबाट स—प्रवल जनसेवा श्री पदकबाट विभूषित हुनुभएकोमा हार्दिक बधाई एवं शुभकामना दिँदै एसोसिएसनले सो सम्मान गरेको हो ।

एसोसिएसनका पूर्व उपाध्यक्षसमेत रहनुभएका भण्डारी ओम सर्जिकल कन्सर्न एवं भण्डारी सर्जिकल हाउसका सञ्चालकसमेत हुनुहुन्छ ।

सो अवसरमा नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. बद्री रिजाललाई नेशनल हेल्थ समिट सफल पार्न पुर्याउनुभएकोमा हार्दिक बधाई दिँदै एसोसिएसनलाई आर्थिक सहयोग गरिएको थियो । साथै कार्यालय व्यवस्थापनमा पुर्याएको योगदानको कदर गर्दै केमसानका कार्यालय सहायक दिपक गिरीलाई सम्मानसहित २५ हजार नगद रुपियाँ प्रदान गरिएको थियो ।

केमसान दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६० जना भन्दा बढी सर्जिकल व्यवसायीहरुले रक्तदान गरेका थिए । सो अवसरमा केक काटेर हर्षोल्लासका साथ खुशी साटासाट गरिएको थियो ।

कार्यक्रममा बोल्दै केमसानका अध्यक्ष सुरेश घिमिरेले कोभिड महामारीमा एसोसिएसनमा आवद्ध सदस्यहरुले कोभिड आइसोलेसन स्थापना गर्न पुर्याउनुभएको योगदानको खुलेर प्रशंसा गर्नुभयो ।

सो अवसरमा एसोसिएसनका सल्लाहकार उमेश शर्मा, ब्राइट सहकारीका अध्यक्ष रामिन्द्र न्यौपाने, शैलेश कँडेल, एसोसिएसनका महासचिव विनोद मानन्धरलगायत ३ दर्जनभन्दा बढी सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा विजया दशमी, शुभदिपावली एवं छटपर्वको शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्