Logo
|
Friday 26th April 2024
Logo

epaper

काठमाडौँ महानगरपालिकामा भोलि कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले भोलि शुक्रवार कोरोनाविरुद्धको पहिलोे मात्रा खोप दिने भएको छ ।

काठमाडौँ महानगरपालिकाले सुचना जारी गर्दै ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा खोप दिन लागेको जनाएको हो ।

३२ वटा वडा कार्यालयसहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो परिचय खुल्ने कागजातसहित केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्