Logo
|
Saturday 20th April 2024
Logo

epaper

८०५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा थप ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २६४ पीसीआर परीक्षणमा ६६७ जना र ३४०८ एन्टिजेन परीक्षणमा १३८ जना गरी ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन भने ८ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १५ हजार ९४२ जना रहेका छन् । जसमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा र १२१४ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्