जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप पाँच सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
६ हजार ५८६ जनाको पिसिआर परीक्षण र १९६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१४ जना कोभिड संक्रमित थपिएका छन् ।
आज काठमाडौंमा १४७, भक्तपुरमा १६ र ललितपुरमा ५१ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर १० हजार ५३० जना होम आइसोलेसनमा, ७८५ जना संस्थागत आइसोलेसनमा, २८८ जना आईसीयू तथा ९८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
