जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३३ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ४६८ पीसीआर र ४ हजार १९६ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ११ जना पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार ३१८ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४९० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९२ हजार २७७ पुगेको छ।
सोहि अवधिमा कोरोनासंक्रमणबाट ९ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ। हाल ११८ जना क्वारेन्टाइनमा छन्। २४१ जना आइसीयू र ७४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
