
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्लामिक स्टेटमा आवद्ध लडाकुहरुले अफगानिस्तानको राजधानी काबुलको एक अस्पतालको गेटमा विष्फोट गराउँदा २० जनाको मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएका छन् ।
अस्पतालका कर्मचारी र विरामीलाई लक्षित गरी दुई वटा शक्तिशाली बम विष्फोट गराइएको तालिवान प्रवक्ता जबिवुल्लाह मुजाहिदले जानकारी दिएका छन् ।
तालिवानले सत्ता कब्जा गरेपछिको यो सबैभन्दा लज्जास्पद घटना भएको बताइएको छ । घटनामा पाँच जना आक्रमणकारी पनि मारिएका छन् ।
तालिवान गार्डहरुले आक्रमणकारीलाई अस्पतालमा प्रवेश गर्नबाट रोकेकाले अस्पतालभित्र हताहतीको घटना नभएको बताइएको छ । आइएसले ४ सय शैयाको सो अस्पतालका मेडिकल कर्मचारी र विरामीलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ । एजेन्सी
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
