जनस्वास्थ्य सरोकार । अमेरिकाले २० महिनापछि कोरोना विरुद्धको दुबै डोज खोप लगाएका विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न खुल्ला गरेको छ ।
अमेरिकामा कोरोना संक्रमण व्यापक रुपमा बढेपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनु भएको थियो ।
यो प्रतिबन्धले बेलायत र युरोपेली देशहरु सहित झण्डै ३० वटा मुलुकका गैर अमेरिकी नागरिकहरु प्रभावित भएका थिए ।
लामो समयपछि सीमा नाका खुलेकाले पर्यटकको बाढी लाग्ने भन्दै ट्राभल एजेन्सी र एयर लायन्सहरुले खुसियाली मनाएका छन् ।
पूर्ण खोप लगाएकाहरुलाई प्रतिबन्ध खुकुलो पारिएकाले सहज हुने बताइएको छ । चीनमा कोरोनाको संक्रमण व्यापक रुपमा बढेपछि संक्रमण फैलिन नदिन सन् २०२० को शुरु तिर अमेरिकाले चीनिया नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो । पछि विस्तारै अन्य देशमा पनि प्रतिबन्ध विस्तार गरिएको हो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
