Logo
|
Saturday 27th April 2024
Logo

epaper

आज विश्व रेडियोग्राफी दिवस मनाइदैँ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने उद्देश्यकामा साथ हरेक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ ।

रेडियोग्राफीलाई एक्सरे वा विकिरण पनि भन्ने गरिन्छ । आधुनिक चिकित्सा प्रणालीमा यसले ठूलो महत्व राख्दछ ।

विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको अविष्कार गरेका हुन् । रेडियोग्राफीलाई सामान्यतया हामी एक्स-रे अथवा विकिरण भनेर बुझ्दछौं र आधूनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ । धेरैजनाले रेडियोग्राफीलाई आफ्नो जीवनको लक्ष्य अथवा करियरका रुपमा लिएको पाइन्छ । हामी अस्पताल जाँदा हाम्रो एक्स रे गर्ने रेडियोग्राफर देखि हाम्रो एक्स-रे को रिपोर्ट बनाउने डाक्टर, एम आर आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफीजस्ता अत्याधूनीक एक्स-रे उपकरणहरु सञ्चालन गर्ने प्राविधिकहरु यस प्रविधिको उदाहरणीय सारथी बनि सक्रिय छन् ।

एक्स-रे ले हाम्रो शरीर भित्रका हड्डिहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउँदछ । फ्लोरोस्कोपीको माध्यमबाट पाचन प्रणालीभित्रका अङ्गहरुको तस्बिर खिचेर जाँच्न मिल्दछ भने एक आर आई ले हाम्रो शरीरका तन्तुहरुको 2D र 3D नक्शानै तयार गर्दछ । त्यस्तै एनजिओग्राफीका माध्यमबाट रक्तनलीहरुको सम्बन्धमा जानकारी दिनुकासाथै तिनीहरुमा सहज रक्तसञ्चार भए-नभएको कुरा पत्ता लाग्दछ ।

अल्ट्रासाउण्डबाट शरीर भित्रका अङ्गहरुकाबारेमा विना चिरफार पत्ता लगाउन सकिन्छ भने पेट भित्र रहेको बच्चाको स्वास्थ्यस्थिति, शरिरहरूका अङ्ग विकास जस्ता कुराहरू पत्ता लगाउन प्रयोग गरिन्छ ।

रेडिएशन थेरापीमार्फत् अबुर्द रोगी (क्यान्सर)का विरामीहरुलाई उपचारात्मक रूपमा प्रयोग पनि गरिन्छ । रेडिएशन थेरापीबाट विरामीको शरीरमा आयोडिन रेडिएशनका मात्राहरु प्रदान गरिन्छ र यस्ता उपचारात्मक पद्धतीले धेरैको जीवनरक्षा गर्न सफल भएको छ ।

पहिले पहिले डार्करुमको अध्याँरोमा धुलाइने एक्स -रे हरु अब डिजिटल रुपमा सम्प्रेशण हुन थालेका छन्, स्वास्थ्य उपचारमा रेडियोग्राफिको महत्व र भूमिका बढ्दै गएको छ तथापि यससम्बन्धि आवश्यक थप चेतना बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्