Logo
|
Friday 31st March 2023
Logo

epaper

स्वीजरल्यान्डले दिएको चार लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वीजरल्यान्ड सरकारले उपलब्ध गराएको चार लाख ९२ हजार मात्रा एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त खोप बुधबार साँझ प्राप्त भएको हो। खोप स्वास्थ्य सेवा विभाग लगिएको छ।  

खोप कोभ्याक्स फ्यासिलिटीअन्तर्गत अनुदानमा उपलब्ध भएको हो। हालसम्म १ करोड ६२ लाख ६६ हजार १५५ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्