Logo
|
Friday 29th March 2024
Logo

epaper

थप ३१७ जनामा कोरोना संक्रमण, २७९ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ९ हजार ६०९ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २७९ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्