जनस्वास्थ्य सरोकार, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका पदाधिकारीलाई तत्काल काममा फर्किन उच्च अदालत पाटनले आदेश दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावल र रजिस्टार नृपेन्द्र महतलाई कामकाज रोक्न लगाउने निर्णय गर्नुभएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश भोजराज अधिकारीले मन्त्री खतिवडाको निर्णयलाई बदर गर्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न तथा पदाधिकारीलाई कामकाजमा फर्किन अन्तरिम आदेश दिनुभएको हो ।
स्वास्थ्य मन्त्रीको सो निर्णय विरुद्ध कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल सहितका पदाधिकारीले उच्च अदालत पाटनमा मुद्दा दायर गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
