Logo
|
Wednesday 24th April 2024
Logo

epaper

अब सातै प्रदेशमा रेबिज विरुद्धको सुई लगाइने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले टेकु अस्पतालमा मात्रै लगाउँदै आएको रेबिज विरुद्धको सुई इम्युनोग्लोबुलिन सात वटै प्रदेशमा लगाउने गरी सेवा विस्तार गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले रेबिज विरुद्धको सुई इम्युनोग्लोबुलिन सात प्रदेशको ९ वटा मुख्य अस्पतालहरूमा लगाइने व्यवस्था गरेको जानकारी दिनुभयो ।

जङ्गली जनावर र कुकुरको टोकाइबाट हुने रेबिज रोगलाई २०३० सम्म शून्यमा झार्ने सरकारको लक्ष्य अनुसार जनचेतना अभिवृद्धि गर्ने, खोप विस्तार गर्ने कार्यलाई तीव्र बनाइएको मन्त्री खतिवडाले बताउनुभयो ।

नेपालमा वर्षेनी १५ जनाभन्दा बढीको रेबिज रोगका कारण मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

रेबिज रोग लागेमा मानिसको मृत्यु हुने भएकाले कुकुर तथा स्याल, बाँदर र अन्य जङ्गली जनावरले टोकेमा तत्काल अस्पताल जानुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्