Logo
|
Thursday 25th April 2024
Logo

epaper

पेरुमा सयौं डाक्टर तथा नर्सहरु प्रदर्शनमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पेरुमा कोभिड-१९ को जोखिममा पनि सुरक्षा सामग्री बिना नै स्वास्थ्य सेवा दिनु परेको भन्दै सयौं डाक्टर तथा नर्सहरु प्रदर्शनमा उत्रिएका छन् ।

कोरोना भाइरसको संक्रमण र मृत्यु दर उच्च भएका बेला पनि अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई मास्क, फेससिल्ड, बुट, लगायतका पिपिई उपलब्ध नगराएको विरोधमा सैन्य अस्पतालमा कार्यरत डाक्टर र नर्सहरु नै आन्दोलनमा उत्रिएका हुन् ।

पेरुको राजधानी लिमामा रहेको सैन्य मुख्यालय र रक्षा मन्त्रालय अगाडि स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका हुन् । पेरु कोरोनाबाट बढी प्रभावित मुलुक मध्येको एक हो । हालसम्म कोरोनाकै कारण २ लाखभन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ सयभन्दा बढी डाक्टर र नर्स रहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्