Logo
|
Thursday 18th April 2024
Logo

epaper

देशभर १५८ जनामा कोरोना संक्रमण, ३४२ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको छ। गत २४ घण्टामा ३४२ जना संक्रमित निको भएका छन्। यो सँगै संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ।

सोही अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ९६६ जना सक्रिय संक्रमित छन्। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १७१ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्