Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपाल शल्य चिकित्सक समाजको नयाँ कार्यसमिति गठन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल शल्य चिकित्सक समाजको नयाँ कार्यसमिति गठन भएको छ ।


वरिष्ठ ग्याँस्ट्रोइन्टेस्टाइन सर्जन प्रा. डा. सुनिल कुमार शर्मा ढकालको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमित गठन भएको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष (प्रेसिडेन्ट इलेक्ट) मा डा. रोमियो कंसाकार, उपाध्यक्षमा डा. प्रनिल राई, महासचिवमा डा. विकल घिमिरे, कोषाध्यक्षमा डा. शैल रुपाखेती, सहसचिवमा डा. सुमित प्रधान, सहकोषाध्यक्षमा डा. मनिष पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा डा. रुपेश मुखिया, डा. अविसेक थापा, डा. रविन जोशी, अनिप जोशी र डा. सुशिल ढुंगेल निर्वाचित हुनुभएको छ ।
समाजको नयाँ कार्यसमितिको कार्यकाल दुइ वर्षको रहने छ ।

प्रतिक्रिया दिनुहोस्