
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कान्ति बाल अस्पतालले नेपालमै पहिलो पटक पेडिया ट्रिक क्रिटिकल केयर नर्सिङ कार्यक्रम सुरु गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल नर्सिङ क्याम्पसको कान्ति बाल अस्पताल नर्सिङ कार्यक्रम अन्तरगर्त व्याचलर इन नर्सिङ साइन्स (बीएनएस) तर्फ पेडियाट्रिक क्रिटिकल केयर कार्यक्रम सुरु गरेको हो ।
कान्तिबाल अस्पतालका निर्देशक डा अजित रायमाझीले आजदेखि तीन वर्षे यो कार्यक्रमको औपचारिक सुरुवात भएको जानकारी दिनुभयो ।
यो कार्यक्रम सुरु भएसँगै कान्ति बाल अस्पतालमा भएको नर्सिङ जनशक्ति अभाव पूर्ति हुनुको साथै क्रिटिकल केयरमा समेत सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । चिकित्सा शिक्षा आयोगले यो नर्सिङ कार्यक्रमका लागि अस्पताललाई २० जनाको कोटा छुट्याएको छ।
पेडियाट्रिक क्रिटिकल केयर कार्यक्रमका लागि कान्ति अस्पताल र वीर अस्पताल नर्सिङ क्याम्पसको टिमले पाठ्यक्रम बनाएको थियो।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
