जनस्वास्थ्य सरोकार, बाँके । नेपालगञ्जको भेरि अञ्चल अस्पतालमा जाडोबाट जोगिन कोइला बालेर क्वार्टरमा सुतेका कार्यालय सहयोगीसहित उनका चार जना परिवारको निसास्सिएर ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा अस्पतालका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई, उनको तीन महिनाको छोरा इसन, आमा कोपिला र दिदी नन्दाकलीको मृत्यु भएको हो । घाइते हुनेहरुमा धर्मप्रसादकी श्रीमती सुशीला, तीन वर्षको छोरा दिवस र भाइ नरेन्द्र रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । टीनको डब्बामा कोइला बालेर सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको प्रहरीको आंकलन छ ।
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
