Logo
|
Friday 26th April 2024
Logo

epaper

एकैदिन २ हजार ४४४ जनामा कोरोना संक्रमण, ३१३ संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


सोही अवधिमा ३१३ जना संक्रमणमुक्त भएका छन । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन्।

मंगलबार काठमाडौँमा ९ सय ८०, ललितपुरमा २ सय २१ र भक्तपुरमा ८५ संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ५३ सय १० पुगेको छ । तीमध्ये ९३ जना आईसीयूमा र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ११३ संस्थागत क्वारेन्टिनमा रहेको रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्