Logo
|
Wednesday 24th April 2024
Logo

epaper

भारतमा घट्दै कोरोना भाइरस संक्रमित



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा लगातार दोस्रो दिन कोरोना भाइरस संक्रमण घट्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ३८ हजार १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार यहाँ २ लाख ५८ हजार ८९ जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार १ लाख ५७ हजार ४२१ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३०५ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ लाख ३६ हजार ६२८ जना रहेको छ ।

हालसम्म भारतमा ३ करोड ७६ लाख १६ हजार ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । यसैगरि ३ करोड ५३ लाख ८४ हजार ९२२ जना कोभिड–१९ संक्रमणमुक्त भइसकेका छन् । यहाँ महामारी सुरु भएयता संक्रमणको कारणले ४ लाख ८६ हजार ७५७ जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्