Logo
|
Thursday 28th March 2024
Logo

epaper

भारतमा लगातार घट्दै कोभिड–१९ संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा लगातार चौथौ दिन कोरोना संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ८७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बितेको दिनको तुलनामा सोमबार करिब ५० हजार अकंले संक्रमितको संख्यामा कमी आएको हो ।

आइतबार ३ लाख ६ हजार ६४ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो । शनिबार ३ लाख ३३ हजार ५३३ जनामा र शुक्रबार ३३ लाख ३७ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख ६७ हजार जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने ६१४ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २२ लाख ३६ हजार जना रहेका छन् ।

यस्तै भारतीय सरकारले दैनिक कोभिड–१९ संक्रमितको संख्यामा १५ फेब्रुअरीबाट कमी आउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्