जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर जम्मा २५ हजार ९०९ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १८ हजार १०३ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ४३२ जनामा र ७ हजार ८०६ एन्टीजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । यस अवधिमा ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ८ जनाको निधन भएको छ । यस अवधिमा २ लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९४३ जना रहेको छ । जसमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा र १ हजार ८१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २४५ जनजा आइसियूमा र ४४ जना भेन्टिलेटरमा उपचारत छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य समस्याका कारण धुर्मुस परिवारसहित अमेरिका
शुक्रबार, मंसिर २६, २०८२
