Logo
|
Thursday 28th March 2024
Logo

epaper

सिटामोलको अभाव हुन नदिने संघको प्रतिवद्धता, पर्याप्त मौज्दात भएको उल्लेख

आवश्यक ठाउँमा अभाव हुने वातावरणप्रति सजकता अपनाइ दिन आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौं । देशमा करिब ४५ प्रतिशतभन्दा बढी औषधिको आवश्यकता धान्न सफल नेपालका औषधि उत्पादक कम्पनिहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघले मुलुकमा सिटामोल लगायत औषधिको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छ ।


‘नेपालमा औषधिको अभाव हुन दिने छैनौं । यो हाम्रो राज्यप्रतिको कर्तव्य ठान्ने सम्पूर्ण स्वदेशी औषधि उत्पादकहरुको साझा प्रतिवद्धता पनि हो । औषधिमा देशलाई आत्मनिर्भर बनाउने हाम्रो अभियानमा सबैको सहयोगको अपेक्षा गर्दछौं ।’—संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।


२०७८ साल माघ १० गते संघले आफ्नो सदस्य उद्योगबाट लिएको मौज्दातको विवरण अनुसार, उद्योगहरुमा पारासिटामोल ५ सय चक्की र यसको कच्चा पदार्थको मौज्दातको अवस्था सन्तोषजनक रहेको स्पष्ट पारेको छ ।


अध्यक्ष प्रज्वलजंग पाण्डे र महासचिव विप्लव अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा आजको दिनको परासिटामोल उत्पादन गर्ने कच्चा पदार्थको मौज्दात हेर्दा करिब १९ हजार ४६० किलोग्राम रहेको र यसले करिब ३८ करोड ४८ लाख ३ हजार ९ सय पारासिटामोल ५०० मिलिग्राम चक्की बनाउन सकिने उल्लेख गरिएको छ ।


नेपाल औषधि लिमिटेडबाहेक स्वदेशी उद्योगहरुले पुष महिनामा करिब करिब ४३ लाख पारासिटामोल ५०० मिलिग्राम चक्की बजारमा सकिएको छ । माघ महिनाको दोस्रो सातामा ३५ लाख र यो महिनाको अन्त्यसम्म अर्को ३५ लाख गरी ७० लाख चक्की बजारमा पठाउने संघले लक्ष लिएको छ ।


‘औषधिको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस्, अत्यधिक माग हुँदा बजारमा अभाव हुनु स्वभाविक हो । यसलाई पूर्ति गर्न हामी स्वदेशी उद्योगहरु सदैव सवल छौं’— विज्ञप्तिमा भनिएको छ । अनावश्यक रुपमा औषधिको संचित नगरिदिन र चिकित्सकको सल्लाबिना औषधिको अनावश्यक प्रयोग नगरिदिन संघले अपिल गरेको छ ।


विश्व बजारमा कच्चा पदार्थको मुल्य अत्यधिक बढेको भएपनि उपलब्ध रहेको अवस्था भएकाले आत्तिने अवस्था छैन । हालको परिस्थितिमा औषधिको अभाव नभएको अध्यक्ष पाण्डेले बताउनुभयो ।


सम्पूर्ण थोक व्यवसायी मित्रहरुलाई लक्षित गर्दै महासचिव अधिकारीले अनावश्यक ठाउँमा सञ्चिति हुने र आवश्यक ठाउँमा अभाव हुने वातावरणप्रति सजकता अपनाइ दिन समेत अनुरोध गर्नुभएको छ ।

यस परिस्थितिमा औषधि उत्पादकहरु, नेपाल सरकार, औषधि व्यवस्था विभाग, आयातकर्ता, थोक, खुद्रा सबैको सहकार्यमा कुनै पनि औषधिको अभावन हुन नदिन एक अर्कालाई सँधै झै समन्वय एवं सहयोग गरी अगाडि बढ्न सहयोगको अपेक्षा संघले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्