Logo
|
Friday 29th March 2024
Logo

epaper

विमानस्थल परिसरमा तीन वटा पिसिआर ल्याब मात्र बैध, अरु कलेक्सन सेन्टर बन्द गर्न आव्हान



जनस्वास्थ्य सरोकार, काठमाडौं । केही समयदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा बिना दर्ता पीसीआर परीक्षण गर्न दिइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक दर्जन प्रयोगशाला ल्याबहरुलाई बल्ल दर्ता प्रक्रियामा आउन आव्हान गरेको छ ।

अन्यथा युनाइटेड अरब इमिरेट्स (युएई) जाने यात्रुका लागि चार घण्टा भित्रको रिपोर्ट चाहिने भएपछि एक दर्जनभन्दा बढी ल्याबहरुले तँछाड मछाड गरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा कलेक्सन सेन्टर राखेर पिसिआर रिपोर्ट उपलब्ध गराइरहेका थिए ।

त्यहाँ सञ्चालित ल्यावहरुमध्ये सानेपास्थित स्टार हस्पिटल मालिक्युलु ल्याब, सुमेरु हस्पिटल र महेन्द्रनारायण निधि मेमोरियल हस्पिटलको प्रयोगशाला ल्याब मात्र बैध ठहरिएका छन् ।


पछिल्लो समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा तीनवटा प्रयोगशालालाई मात्रै पीसीआर गर्न अनुमति दिएको बिमानस्थल परिसरमा प्रयोगशाला सञ्चालनबारे सुचना निकालेर जानकारी गराएको छ ।

सूचनामा कोभिड १९ पिसिआर परीक्षणका लागि कलेक्सन सेन्टर मात्र चलाउने प्रावधान नरहेको र अन्य प्रयोगशालाहरुले बिमानस्थल परिसरमा कलेक्सन सेन्टरको रुपमा मात्र कार्य गरिरहेको पाइएकाले आजैका मितिदेखि सो कार्य नगर्न नगराउन सम्बन्धित सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभाग टेकुलाई वोधार्थ दिएर सूचित गरिएको छ ।


युनाइटेड अरब इमिरेट्स (युएई) जाने यात्रुका लागि चार घण्टा भित्रको रिपोर्ट चाहिने भएपछि विमानस्थल परिसरमा दर्जन बढी प्रयोगशाला सञ्चालनमा थिए । तर मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको अनुगमनका तीनवटा प्रयोगशालामा मात्रै विमानस्थल परिसरमा पीसीआर परीक्षण गर्ने गरेको थाहा भएको थियो ।

विदेश जाने यात्रुहरुका सहजताका लागि स्वास्थ्य मन्त्रालयबाट पुस २५ गतेको सचिवस्तरीय निर्णय अनुसार ती प्रयोगशाला सञ्चालित थिए । मन्त्रालयले मोलिक्युर परीक्षण गर्ने प्रयोगशाला संचालन सम्बन्धि कार्यविधि २०७८ बमोजिम दर्ता गर्नका लागि निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्