Logo
|
Saturday 20th April 2024
Logo

epaper

सर्वोच्च अदालतद्धारा सिटामोल सहज उपलब्ध गराउन सरकारको नाममा अन्तरिम आदेश



जनस्वास्थ्य सरोकार, काठमाडौं । सर्वोच्च अदालतले सिटामोललगायत अत्यावश्यक औषधि सहज रुपमा उपलब्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

देशभर सिटामोलको हाहाकार भइरहेको भन्दै दायर गरिएको रिटमा सर्बोच्चले नागरिकलाई सिटामोललगायतका अत्यावश्यक औषधि उपलब्ध गराउने काम सरकारको भएको उल्लेख गर्दै आवश्यक व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको हो ।

अधिवक्ता टीकाबहादुर कुँवरसहितले सो रिट दायर गर्नुभएको थियो । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलबार सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।


नागरिकहरूको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यावहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारहरूबीच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोल र पारासिटामोललगायतका औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउन आदेशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्