Logo
|
Monday 23rd May 2022
Logo

epaper

नेपालको जनसंख्या ०.९३ प्रतिशतले वृद्धि, मुलुकको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको प्रारम्भिक तथ्याङ्क



जनस्वास्थ्य सराकोर, काठमाडौं । नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । यो पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको छ । विभागको तथ्यांकअनुसार गण्डकी प्रदेशमा जनसंख्या २४ लाख ७९ हजार ७ सय ४५ जना रहेको छ । यहाँ पछिल्लो १० वर्षको जनसंख्या वृद्धिदर केवल ०.३१ प्रतिशत मात्र हो । २०६८ सालमा गण्डकीमा २४ लाख ३ हजार ७ सय ५७ जनसंख्या रहेको थियो ।

सबैभन्दा बढी लुम्बिनी प्रदेशको वृद्धिदर देखिन्छ । ५१ लाख २४ हजार २ सय २५ जनसंख्या हुँदा वृद्धिदर १.३० प्रतिशत रहृयो । २०६८ सालमा यहाँ ४४ लाख ९९ हजार २ सय ७२ जनसंख्या रहेको थियो । प्रदेश १ मा ०.९२, मधेश प्रदेशमा १.२५, बागमतीमा ०.९६, कर्णालीमा ०.७६ र सुदुरपश्चिम प्रदेशको जनसंख्या वृद्धिदर ०.६० प्रतिशत रहेको छ ।

नेपालको जनसंख्या २०६८ मा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेकोमा २०७८ मा .९३  प्रतिशतको वृद्धिदरसहित २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्