Logo
|
Saturday 21st May 2022
Logo

epaper

शरीरमा ब्लड सुगरको मात्रा कम हुँदा के खाने ? सुगर लेवल सन्तुलन राख्न अपनाउनुस् यी तरिका…



जनस्वास्थ्य सरोकार, काठमाडौँ । शरीरले खानालाई ग्लुकोजमा परिणत गर्छ र ऊर्जाको रूपमा प्रयोग गर्छ । यदि शरीरमा ग्लुकोजको मात्रा कम भएमा शरीरले राम्रोसँग काम गर्न सक्दैन । जसलाई लो ब्लड सुगरको भनिन्छ । यो समस्या मधुमेहका बिरामीमा बढी देखिने गर्छ । किनकी मधुमेह भएको व्यक्तिको शरीरमा चिनीको मात्रालाई सन्तुलनमा राख्न इन्सुलिन र औषधिको प्रयोग गरिन्छ । जसले शरीरमा चिनीको मात्रा कम गराउनसक्छ ।

रगतमा चिनीको मात्रा कम हुँदा चक्कर लाग्ने, टाउको दुख्ने, सुत्न गाह्रो हुने जस्ता लक्षणहरु देखिन सक्छन् । कतिपय अवस्थामा यी लक्षणहरुले गम्भिर रुप लिन सक्ने भएकाले तुरुन्तै लो ब्लड सुगरलाई व्यवस्थापन गर्न जरुरी हुन्छ ।

सुगर लेवल सन्तुलन राख्न अपनाउनुस् यी तरिका…
ग्लुकोज ट्याब्लेट
ग्लुकोज ट्याब्लेट बिना प्रेस्क्रिप्सन खरिद गर्न सकिन्छ । यदि तपाईंलाई लो ब्लड सुगरको समस्या छ भने ग्लुकोज ट्याब्लेट खान सक्नुहुन्छ । ग्लुकोज ट्याब्लेट खरिद गर्दा कति ग्रामको ट्याब्लेट हो भन्ने कुरामा ध्यान दिनुहोस् । लो ब्लड सुगरलाई सन्तुलनमा ल्याउन १५ देखि २० ग्रामको ग्लुकोज ट्याब्लेट काफी हुन्छ । ट्याब्लेट खाएको २० मिनेटपछि ब्लड सुगरको मात्रा जाँच गर्न सकिन्छ ।

This image has an empty alt attribute; its file name is glucosetablets-768x512.jpeg


क्यान्डी
हाइपोग्लाइसेमिया र लो ब्लड सुगरको समस्या भएको व्यक्तिले रगतमा चिनी बढाउन १५ ग्राम कार्बोहाइड्रेट सेवन गर्नुपर्ने हुन्छ । गम्मी क्यान्डीमा कार्बोहाइड्रेटको मात्रा प्रशस्त पाइन्छ । यसले रगतमा चिनीको मात्रा बढाउन ठूलो भूमिका खेल्छ । यो साधारण चिनी हो । यसले छिटो रक्तप्रवाह अवशोषित गर्छ र लो ब्लड सुगरलाई पाँच देखि १० मिनेटमा बढाउँछ ।

This image has an empty alt attribute; its file name is Fale_-_Barcellona_-_194-768x576.jpg

ताजा फल वा ड्राइ फ्रुट्स
रगतमा चिनीको मात्रा घट्न नदिन ताजा वा सुख्खा फलफूल खान सक्नुहुन्छ । केरा, अंगूर, स्याउ र सुन्तला जस्ता कार्बोहाइड्रेटयुक्त फलफूल सेवन गर्न सकिन्छ । साथै, तपाईं ड्राई फ्रुट्समा दुई चम्चा किसमिस खान सक्नुहुन्छ । जसले रगतमा चिनीको मात्रा तुरुन्तै नियन्त्रण गर्न मद्दत गर्दछ ।
दुध
एक कप तातो दूध पिउनाले रगतमा चिनीको मात्रा बढाउन मद्दत गर्छ। तर ध्यान दिनु पर्ने कुरा के हो भने फ्याट फ्री दूध मात्र पिउनुपर्छ । दूधमा भिटामिन डी र कार्बोहाइड्रेट पनि पाइन्छ । जसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्नुका साथै शरीरलाई पनि फाइदा गर्छ ।

This image has an empty alt attribute; its file name is 55955903-768x576.jpg


जुस
मधुमेहका बिरामीलाई जुस पिउन निषेध गरिएको हुन्छ । जुसमा सुगरको मात्रा अत्याधिक हुन्छ । त्यसकारण उनीहरुलाई ताजा फल खाने सल्लाह दिइन्छ । ताजा फलबाट बनेको जुसले पनि ब्लड सुगरको मात्रा तुरुन्त बढाउनसक्छ । त्यसकारण लो ब्लड सुगर भएका व्यक्तिले स्याउ, सुन्तला, भूईकटहर, क्रेनबेरी जस्ता फलबाट बनेको जुस पिउन सक्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्