Logo
|
Saturday 20th April 2024
Logo

epaper

केयूको निर्देशन नोबेल र काठमाडौँ मेडिकल कलेजद्धारा अटेर



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको निर्देशनलाई अटेर गरी चर्को होस्टेल शुल्क नतिर्ने विद्यार्थीलाई नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजले पठनपाठनमा सहभागी गराएका छैनन् ।

११ माघमा काठमाडौँ विश्वविद्यालयले अतिरिक्त शुल्क बुझाएका विद्यार्थीको रकम उनीहरूकै खातामा फिर्ता गर्ने र बाँकी सबै विद्यार्थीलाई पठनपाठनमा सहभागी गराउन निर्देशन दिएको थियो । तर, ती दुई कलेजले तोकेको होस्टेलको महँगो र पूरै शुल्क नतिरेसम्म प्रवेश नदिने अडान राखेको छ ।

केयूको निर्देशनपछि विद्यार्थीले केएमसीका प्रिन्सिपललाई भेटेर छलफल गरेका थिए । तर, प्रिन्सिपलले सुनील शर्मा बाहिर रहेको र आफूलाई होस्टेलको शुल्क नतिरी पढ्न दिने निर्णय गर्ने अधिकार नभएको बताएको एक विद्यार्थीले जानकारी दिए । एमबिबिएस, बिडिएसको पढाइ संवेदनशील भएकाले केही विद्यार्थी बाध्य भएर होस्टेलको पूरै शुल्कको कबुलियतनामा गरेर अध्ययनमा सहभागी भएका छन् ।

चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको होस्टेलमा बस्ने विषय बाध्यकारी नभएको र ऐच्छिक हुने निर्णय गरी सर्कुलर गरिसकेको छ । नोबेल र केएमसीका सञ्चालक सुनील शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सम्बन्धलाई देखाएर चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालय, शिक्षा मन्त्रालयलगायत कुनै पनि निकायको निर्णय र निर्देशन मानेका छैनन् । विभिन्न बैठकमा शर्माले मन्त्रीदेखि अन्य निकायका पदाधिकारीलाई चुनौती दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्