Logo
|
Tuesday 16th April 2024
Logo

epaper

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीको गाडीमा तोडफोड



जनस्वास्थ्य सरोकार, भक्तपुर । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीको गाडीमा तोडफोड भएको छ । उपाध्यक्ष डा. गिरी सवार गाडिमा बिहीबार बिहान ११ बजे काँडाघारीमा आक्रमण भएकोआयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगका सदस्य—सचिव डा.भोजराज शर्मा काफ्लेद्धारा जारी विज्ञप्तिमा उपाध्यक्ष गिरी सवार गाडीमा ढुंगा प्रहार गरी जिउज्यानमाथि भौतिक आक्रमणको प्रयास भएको र गाडीमा व्यापक क्षति भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ—राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा भएको यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ ।

प्रतिक्रिया दिनुहोस्