Logo
|
Friday 29th March 2024
Logo

epaper

सार्वजनिक यातायातमा जोरविजोर प्रणाली हटाउन सरकारलाई सिफारिस



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक यातायातमा जोरविजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ।

जोर विजोरले सार्वजनिक सवारी साधनमा झन् भीडभाड बढपछि सीसीएमसीसीले सार्वजनिक यातायातमा जोरविजोर प्रणाली हटाउन आज सरकारलाई सिफारिस गरेको हो । तर ट्याक्सी र निजी सवारीसाधनमा भने जोर विजोर प्रणाली कायम रहने निर्णय भएको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभएको छ ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली लागू गरेको थियो।

प्रतिक्रिया दिनुहोस्