Logo
|
Monday 23rd May 2022
Logo

epaper

बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हट्यो, ट्याक्सी र निजी सवारी साधनमा जोरबिजोर कायमै



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा जोर विजोर प्रणाली हटेको छ।

उपत्यकाका तीन वटै जिल्लाका सिडिओहरुको संयुक्त बैठकले बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको जनाइएको छ । बैठकले ट्याक्सी र निजी सवारी साधनमा भने जोर बिजोर प्रणाली कायमै राखेको छ। जोर विजोरले सार्वजनिक सवारी साधनमा झन् भीडभाड बढेको भनेर व्यापक बिरोध हुँदै आएको थियो ।

यसअघि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक यातायातमा जोरविजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो।

नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली लागू गरेको थियो।

aadesh-cdo

प्रतिक्रिया दिनुहोस्