Logo
|
Wednesday 8th May 2024
Logo

epaper

भारतमा घट्दै कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या कमी आएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ३४ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार २ लाख ३५ हजार जनामा संक्रमण पुष्टि भएको थियो । बितेका ९ दिनयता यहाँ लगातार कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ८९३ जनाको निधन भएको छ भने ३ लाख ५१ हजार जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ लाख ७७ हजार जना रहेको छ ।

भारतमा हालसम्म ४ करोड १० लाख जनसंख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्