Logo
|
Thursday 25th April 2024
Logo

epaper

ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजी सम्बन्धी कार्यशाला काठमाडौँँमा सुरु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजी सम्बन्धी (डिप्लोमा इन गाइनेकोलोजिकल) कार्यशाला काठमाडौँँमा सुरु भएको छ ।

नेपाल प्रसुती तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग), किल विश्वविद्यालय र जमर्नी तथा सक्सेना मल्टीस्पेसियालिटी हस्पिटल (सिमिस्ट) इन्डियाको संयुक्त आयोजनामा कार्यशाला सुरु भएको हो ।

कार्यशालाको उद्घाटन नेसोजका अध्यक्ष प्रा.डा. गणेश दंगाल, किल विश्वविद्यालयका प्रा.डा. लिलो मेटलर र सिमिस्टका प्रा.डा. अखिल सक्सेनाले संयुक्तरुपमा गर्नुभएको थियो ।

कार्यशाला माग १३ देखि १७ माघसम्म काठमाडौँको एभरेष्ट होटेलमा सञ्चालन हुने छ । महिला स्वास्थ्यमा विद्यमान समस्या पहिचान गरी समस्याको हल गर्नु कार्यशालाको उदेश्य रहेको आयोजक समितिले जानकारी दिएको छ ।

उक्त कार्यशालामा माघ १३ गते ‘ल्याप्रेस्कोपि’, १४ गते ‘हिस्टेरोस्कोपी’ र १५ गते यूरोगाइनेकोलोजीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

त्यस्तै, माग १६ गते (आज) प्रसुती तथा स्त्रीरोग अस्पतालमा पाँच जना प्रशिक्षकहरुले दुरविन पद्धतिबाट लाइभ शल्यक्रिया गर्ने कार्यक्रम रहेको छ । यसैगरी भोली (१७ गते) पनि काठमाडौँ मोडेल अस्पतालमा ५ जना प्रशिक्षकद्धारा नै दुरविन पद्धतिबाट शल्यक्रिया गर्ने कार्यक्रम आयोजक समितिले जानकारी दिएको छ ।

उक्त कार्यशालामा ३६ कार्यपत्र प्रस्तुत गरिएको थियो । त्यस्तै जमर्नी, इन्डिया र पाकिस्तानका १० जना वरिष्ठ चिकित्सकसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ३५ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्