Logo
|
Friday 29th March 2024
Logo

epaper

ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजीसम्बन्धी कार्यशाला सम्पन्न



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा सुरु भएको ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ।

कार्यशाला नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग), किल विश्वविद्यालय (जर्मनी) तथा सक्सेना मल्टीस्पेसालिटी हस्पिटल (सिमिस्ट) भारतको संयुक्त आयोजनामा भएको हो।

नेसोगका अध्यक्ष प्रोफेसर गणेश दगांल, किल विश्वविद्यालयका प्रोफेसर लिलो मेटलर र सिमिस्टका प्रोफेसर अखिल सक्सेनाले कार्याशालाको उद्घाटन गरेका थिए।

ल्याप्रेस्कोपी, हिस्टेरोस्कोपी कार्यशालासँगै लाइभ सर्जरी पनि गरिएको थियो। आइतबार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भएको लाइभ सर्जरीमा ५ जना प्रशिक्षकहरुले दुरविन पद्धतिबाट शल्यक्रिया गरेका थिए। यस्तै सोमबार काठमाडौँ मोडेल अस्पतालमा लाइभ सर्जरी भएको थियो।

कार्यशालामा जर्मनी, भारत तथा पाकिस्तान आदि राष्ट्रका विशेषज्ञहरुको सहभागीता थियो। कार्यशालामा ३६ कार्यपत्र प्रस्तुत भएका छन्। कार्यशालामा देश तथा विदेशकासहित ३५ जना र १० जना वरिष्ठ प्रशिक्षक डाक्टरहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्